Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खिचरामा छेवाङ र अमित सिंह आजका मुख्य आकर्षण

खिचरामा छेवाङ र अमित सिंह आजका मुख्य आकर्षण

इच्छाकामना न्युज

३०, पौष २०७९
खिचरामा छेवाङ र अमित सिंह आजका मुख्य आकर्षण
images

चितवन । आठौँ खिचरा महोत्सवअन्तर्गतको सांस्कृतिक कार्यक्रममा आज नेपाली संगीत क्षेत्रमा स्थापित गायक छेवाङ लामाले प्रस्तुति दिने भएका छन्। ‘इशाराले बोलाउथिन्’, ‘आउँदैछु हेर तिमीलाई लिन’, ‘तिमी पारी म छु वारि’, ‘जातै सानो भयो’लगायत अन्य थुप्रै गीतहरु गाएका छन्। 

images
images

अर्का चर्चित गायक अमितसिंह चौधरीले समेत कार्यक्रममा प्रस्तुति दिनेछन्। नेपाली गीतसहित थारु भाषाका गीतमा पनि उत्तिकै जम्न सफल भएका गायक चौधरीको ‘कति निश्चल कति चन्चल’, ‘तोर कुर्थावाक ललकि सलवा’, ‘क का कि कि’लगायत थुप्रै गीत चर्चित छन्। ख्यातिप्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरुबाट समेत विभिन्न खालका कार्यक्रम हुने आयोजकले जनाएको छ। 

यसका साथै विद्यालयस्तरीय ‘खिचरा डान्स आइडल’को अडिसनबाट छनौट भएका २५ जना विद्यार्थीहरुको प्रस्तुति रहने महोत्सवको नृत्य समिति संयोजक हरिशरण चौधरीले जानकारी दिए। विद्यालय उमेरका बालबालिकाको प्रतिभालाई सम्मानस्वरुप विद्यालयस्तरीय खिचरा डान्स आइडल आयोजना गरिएको उनले बताए। 

खिचरा डान्स आइडलमा प्रथम हुनेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोश्रो हुनेले नगद २० हजारसहित प्रमाणपत्र पाउने छन् भने तेस्रो हुनेले नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

पेहनी होड पनि आजै 
थारु भाषा साहित्यको संरक्षण गर्ने उद्देश्यले खिचरा महोत्सवको तेस्रो दिनमा ‘पेहनी होड’ (हाजिरीजवाफ) प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ। यसका आलवा महोत्सवमा जारी जिल्लास्तरीय भलिबल तथा सितोरियो कराँतेको फाइनल खेल पनि आजै हुँदैछ। 

पूर्वी चितवनको खैरहनी–५ जबकौली, दुर्गा मन्दिर परिसरमा यही पुस २८ गतेदेखि शुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ। 

images
प्रकाशित मिति :पौष ३०, २०७९ शनिवार - ०८:३१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology