Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आफ्ना शेयर सदस्यलाई बोनस बाँड्दै कालिका

आफ्ना शेयर सदस्यलाई बोनस बाँड्दै कालिका

images

इच्छाकामना न्युज

२९, पौष २०७९
आफ्ना शेयर सदस्यलाई बोनस बाँड्दै कालिका
images

चितवन । गोरखाको दरौँदी नदीबाट पहिलोपटक बिजुली उत्पादन गरेको कालिका पावर कम्पनी लिमिटेडले आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत बोनस दिने घोषणा गरेको छ। सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार नारायणगढमा भएको १५औँ वार्षिक साधारण सभाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत बोनस दिने घोषणा गरिएको हो। कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस शेयर दिने निर्णय भएको कम्पनीका सञ्चालक युवबहादुर क्षेत्रीले जानकारी दिए। कम्पनीको ६९ करोड रूपैयाँ चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख बराबरको शेयर बोनस दिने निर्णय गरेको उनले बताए।

कम्पनीका लेखा समिति संयोजक सुरेन्द्र पाण्डेका अनुसार कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत गरेपछि शेयरधनीले पाउने छन्। कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम भएको चुक्ता पुँजीको ०.७८ प्रतिशतले हुन आउने रकम रू ५४ लाख ४७ हजार ५५० नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्न स्वीकृत गरेको उनले बताए।

सञ्चालक सदस्य चयन
साधरण सभाले शुक्रबार नै कम्पनीको नयाँ सञ्चालकमा दुई जना सदस्य चयन गरेको छ। आगामी कार्यकालका लागि सर्वसाधरण शेयर सदस्यबाट शेयर सञ्चालक सदस्यमा भूपराज काफ्ले र सीताराम श्रेष्ठलाई चयन गरिएको हो। यस्तै विज्ञतर्फबाट स्वतन्त्र सञ्चालकको रूपमा बलेन्द्र क्षेत्रीलाई सर्वसमतरूपमा चयन गरिएको छ। निर्वाचन संयोजक कृष्णप्रसाद पनेरूका अनुसार यो समितिको कार्यवधि ४ वर्षको रहने छ।

कालिका पावर कम्पनीले पहिलोपटक गोरखाको अजिरकोट र बारपाक–सुलिकोट गाउँपालिकाको बीचमा पर्ने दरौँदी नदीबाट विद्युत उत्पादन गरेको थियो। कम्पनीले यसपछि पनि कम्पनीले ८.३ मेगावाटको माथिल्लो दरौँदी बी साना जलविद्युत आयोजना र ९.८२ मेगावाटको माथिल्लो दरौँदी सी साना जलविद्युत आयोजना खरिद गर्ने विषयमा आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - २०:१३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology