Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेशको सभामुख छान्न आज मतदान हुने

बागमती प्रदेशको सभामुख छान्न आज मतदान हुने

images

इच्छाकामना न्युज

२९, पौष २०७९
बागमती प्रदेशको सभामुख छान्न आज मतदान हुने
images

हेटौडा । बागमती प्रदेशको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । 

सभामुख पदका लागि आज  ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने र उक्त बैठकमा मत विभाजन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । 

‘सभामुखको लागि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुनेछ । उक्त बैठकमा सभामुख पदका लागि उम्मेदवारी दिएकाहरुबीच मत विभाजन हुने कार्यसूची रहेको छ ।’ उनले भने । प्रदेशसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित हुने जनाइएको छ । 

सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् । 

सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । 

बागमती प्रदेशसभाको सभामुखका सत्ता गठबन्धनका ५ वटा दलको समर्थनमा राप्रपाका पाठक उम्मेदवार बनेका हुन् । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ । 

सत्ता गठबन्धनका ५ वटै दलले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर पाठकको पक्षमा मत दिन ह्विप जारी गरेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाका १३ जना सांसद छन् भने पाठकलाई सत्ता गठबन्धनबाट एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन हुने देखिन्छ । 

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । कांग्रेसका अधिकारीको पक्षमा ३७ जना सांसद हुने देखिएको छ । यता नेमकिपाकी सयजुको पक्षमा ३ जना सांसद छन् ।

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - ०९:२८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology