Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

घनश्याम भुसाल आज नेकपा एसमा प्रवेश गर्दै

घनश्याम भुसाल आज नेकपा एसमा प्रवेश गर्दै

images

इच्छाकामना न्युज

२९, पौष २०७९
घनश्याम भुसाल आज नेकपा एसमा प्रवेश गर्दै
images

काठमाडौँ । नेकपा एमाले त्यागेको घोषणा गरेका नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुने भएको छ ।

दिउँसो काठमाडौँको नयाँवानेश्वरस्थित एक होटलमा पत्रकार सम्मेलन गरी उहाँले पार्टी प्रवेशको घोषणा गर्न लाग्नु भएको हो ।

एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भुसाल तत्काल पार्टीमा प्रवेश गरे पनि उहाँलाई दिइने जिम्मेवारीका बारेमा भने कुराकानी भइरहेको छ ।

भुसालले पार्टीको विचार र धारणा मागेपछि नेकपा एकीकृत समाजवादी पार्टीले हिजो पत्र पठाउँदै तत्काल पार्टीमा आउन आग्रह गरेको थियो ।

गत मङ्सिर ४ मा भएको चुनावका लागि पार्टीबाट टिकट नपाएपछि भुसालले एमाले त्यागेको घोषणा गर्दै नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, एकीकृत समाजवादीको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिए पनि पराजित हुनुभएको थियो ।

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - ०९:००:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology