Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

खिचरा महोत्सव

आजदेखि आठौं खिचरा महोत्सव सुरु, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा समुद्घाटन

आजदेखि आठौं खिचरा महोत्सव सुरु, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा समुद्घाटन

images

इच्छाकामना न्युज

२८, पौष २०७९
आजदेखि आठौं खिचरा महोत्सव सुरु, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा समुद्घाटन
images

चितवन । पूर्वीचितवनको खैरहनी नगरपालिका–५ जबकौली (गौचरन)मा आज (विहीबार)देखि ‘आठौं खिचरा महोत्सव’ सुरु भएको छ ।

महोत्सवको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समुद्घाटन गर्नुभएको छ । सो क्रममा बोल्दै गृहमन्त्री लामिछानेले थारु समुदायको कलासँस्कृति सरंक्षरणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थारु सँस्कृतिको माघी पर्व सबै समुदायको साझा पर्वको बन्न सफल भएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघ १ गते खिचरा पर्वको अवसरमा खिचरा महोत्सव गर्दै आएको छ ।

महोत्सवमा देशभरका थारु जातिको रहनसहन र भेषभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिनुभयो । थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवद्र्धन परिसरसमेत रहनेछ ।

महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ । उद्घाटन सत्रमा महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने थाकसका अध्यक्ष चुडामणि चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, उपप्रमुख खेम महतो, थारु अगुवा राजेन्द्र प्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

खिचरा महोत्सवमा शुक्रबार कराँते प्रतियोगिता

खिचरा महोत्सवमा शुक्रबार र शनिबार जिल्ला स्तरीय सितोरियो कराँते प्र्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डो संघ चितवन तथा उपशाखा डोजो पर्सा खैरहनी एवं आठौं खिचरा महोत्सवको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा २२ वटा डोजोका २६० खेलाडीहरुको सहभागीता रहनेछ । शुक्रबार बिहान ९ बजेदेखि शुरु हुने सितोरियो कराँते टुर्नामेन्टका संयोजक जीवन महतोले जानकारी दिए ।

आजदेखि शुरु भएको भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ । ती दुई खेलमा सेभेन ग्रुप चितवनलाई सेन्ट्रल कलेज भरतपुरले र एनवाईसी हर्नरीलाई रुपीटार नेपाल रसौलीले जितेको छ । भोली ५ खेल हुने शिक्षा तथा खेलकुद समिति संयोजक धनवीर चौधरीले जानकारी दिए । यस्तै शुक्रबार विशेषज्ञ चिकित्सकहरुको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । डा. गौरीराम महतोलगायत चिकित्सकले चेकजाँच गर्नेछ ।

images
प्रकाशित मिति :पौष २८, २०७९ बिहिवार - २१:४१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology