Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनका एमाले नेता जेएन थपलिया बागमती प्रदेशको अर्थमन्त्री बन्ने

चितवनका एमाले नेता जेएन थपलिया बागमती प्रदेशको अर्थमन्त्री बन्ने

images

इच्छाकामना न्युज

२५, पौष २०७९
चितवनका एमाले नेता जेएन थपलिया बागमती प्रदेशको अर्थमन्त्री बन्ने
images

चितवन । चितवनका एमाले नेता जेएन थपलिया बागमती प्रदेशको आर्थिक मामिला मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीको दाबेदारको रुपमा रहेका थपलिया माओवादीको भागमा मुख्यमन्त्री परेपछि दोस्रो बरियतामा रहनेगरी आर्थिक मामिला मन्त्री बनेका हुन् । उनि साढे दुई बर्षपछि मुख्यमन्त्री बन्नेगरी गठबन्धनमा सहमती भएको छ । चितवन क्षेत्र नम्वर १ (क) बाट निर्वाचित थपलिया एमाले बागमती प्रदेश संसदीय दलको नेता हुन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता शालिकग्राम जम्मरकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ मंगलबार बिहान साढे ९ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने भएको छ । मुख्यमन्त्रीले शप थग्रहण गरे लगतै नेकपा एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट एक–एक जनाले मन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन् ।

राप्रपाबाट भने अहिलेसम्म कस्को नेतृत्वमा सरकारमा सहभागिता जनाउने भन्नेबारे जानकारी आएको छैन । सभामुख पनि राप्रपाले पाएको कारण संसदीय दलको नेता सभामुख बन्नेकी मन्त्री भन्ने अन्योलता रहेको राप्रपाको श्रोतको दाबी छ । तर आज मध्यरातसम्मका राप्रपाले पनि सरकारमा जाने व्यक्तिको छनोट गर्ने बुझिएको छ ।त्यसबाहेक एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई पनि अर्को चरणको मन्त्रिपरिषद् विस्तारको समयमा समावेश गर्ने तयारी सत्ता गठबन्धनको रहेको छ ।

images
प्रकाशित मिति :पौष २५, २०७९ सोमवार - २०:१७:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology