Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रेडियो देवघाटले विभिन्न कार्यक्रम गरी १२ औँ बार्षिकोत्सव मनाउने

रेडियो देवघाटले विभिन्न कार्यक्रम गरी १२ औँ बार्षिकोत्सव मनाउने

इच्छाकामना न्युज

२५, पौष २०७९
रेडियो देवघाटले विभिन्न कार्यक्रम गरी १२ औँ बार्षिकोत्सव मनाउने

भरतपुर । सामुदायिक रेडियो देवघाट १०२.६ मेघाहर्जले आफ्नो १२औँ बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । रेडियो देवघाटले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी १० दिनसम्म विभिन्न कार्यक्रम गर्न लागिएको बताएको हो ।

images

रेडियोले पुस २७ गते देवघाटका विभिन्न आश्रममा फलफुल वितरण गर्ने जनाएको छ । पुस २८ गते धमार्थ हस्पिटलमा निःशुल्क दन्त शिविर, पुस २९ गते देवघाट गाउँपालिकमा रहेका सामुदायिक वनसँग अन्तरक्रिया, पुस ३० गते जनप्रतिनिधिसँग नयाँ देवघाटको विषयमा छलफल र माघ १ गते माघे संक्रान्ति विशेष कार्यक्रम गरिने रेडियोका अध्यक्ष विजयराज शर्मा भुषालले जानकारी दिए ।

त्यस्तै, माघ २ गतेदेखि ४ गतेसम्म देवघाटका पाँच वटै वडामा श्रोता सर्वेक्षण गर्ने, माघ ५ गते अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता र माघ ६ गते रेडियो सञ्चालक समिति, शेयर सदस्य र कर्मचारीबीच म्युजिकल चियर प्रतियोगिताको आयोजना गरी पुरस्कार वितरण, सम्मान र समापन कार्यक्रम गरिने भुषालले बताए ।

रेडियो देवघाटले वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने कार्यक्रम २० हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको रेडियो सञ्चालक समितिका महासचिव निरञ्जन हाडाले बताए । रेडियो देवघाट १२ वटा जिल्लाका विभिन्न स्थानमा र अनलाइनको माध्यमबाट विश्वभर सुन्न सकिन्छ ।

images
प्रकाशित मिति :पौष २५, २०७९ सोमवार - ०९:१५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology