Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते 

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते 

इच्छाकामना न्युज

२२, पौष २०७९
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते 
images

भुवन रायमाझी, पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा बस दुर्घटना हुँदा एकै गाउँका ६ जना महिला तथा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुर्साने गाउँका ११ वर्षका सरुमा घिमिरे, ३३ वर्षका निर्मला घिमिरे,  ५४ वर्षका खिम कुमारी राना, ४५ वर्षका गुनी गाहा, २१ वर्षका कमला भनिने दानकुमारी खत्री र १९ वर्षका बीमा पाण्डेको मृत्यु भएको हो ।

images
images

दुर्घटनामा परि घाइते भएका १६ जनाको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले सीआईएनलाई जानकारी दिनुभयो । केही घाइते भने उपचारपछि घर फर्किसकेका छन् । दुर्घटनामा परेको ग १ ख ४९७७नम्बरको बस रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको थियो ।

दुर्घटनामा परि घाइते भएका सवारी चालकका अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना भएको हो । घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

images
प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - ०९:३४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology