Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पछिल्लो पाँच वर्षमा नेपाली भान्छा झण्डै दोब्बरले महङ्गियो 

पछिल्लो पाँच वर्षमा नेपाली भान्छा झण्डै दोब्बरले महङ्गियो 

images

इच्छाकामना न्युज

२१, पौष २०७९
पछिल्लो पाँच वर्षमा नेपाली भान्छा झण्डै दोब्बरले महङ्गियो 
images

काठमाण्डौ । पछिल्लो पाँच वर्षमा नेपाली भान्छा झण्डै दोब्बरले महँगो भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भन्छामा बढी खपत हुने चामल, दाल, गेडागुडी लगायत खाद्यान्नको मुख्य पाँच वर्षमा दोब्बर बढेको हो ।

गत वर्षकै तुलनामा अहिले चामलको मुल्य किलोमा २० रूपैयाँसम्मले बढेको छ । त्यस्तै चना, केराउ, राजमा, सिमी, भटमास लगायत गेडागुडीको मूल्य पनि बढेको छ । २०७५ सालमा एक सय २० रूपैयाँ रहेको कालो भटमासको मूल्य अहिले प्रतिकिलो ३ सय रूपैयाँ पुगेको छ ।

पाँच वर्षअघि प्रतिकिलो एकसय हाराहारीमा पाइने दालको मूल्य अहिले एक सय ५० रुपैयाँभन्दा माथि पुगेको खुद्रा व्यापार सङ्घले जनाएको छ । संसारभरकै मागका लागि खाद्यान्न तथा रासायनिक मलको प्रमुख निर्यातकर्ता युक्रेन र रुसको युद्धका कारण विश्वभर नै खाद्यान्नको उत्पादनमा असर गरेको र त्यसले अचाक्ली मूल्य बढाएको अध्ययनहरुले जनाएका छन् । 

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - १०:१६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology