Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

एकीकरण टर्च वोकेको सेना पैदलै नुवाकोट पुग्यो

एकीकरण टर्च वोकेको सेना पैदलै नुवाकोट पुग्यो

images

इच्छाकामना न्युज

२४, पौष २०७७
एकीकरण टर्च वोकेको सेना पैदलै नुवाकोट पुग्यो
images

नुवाकोट, २४ पौष । 
नेपाल एकीरणको सन्देशलाई जीवन्त राख्न सञ्चालित एकीकरण टर्च वोकेको सेना पैदलै नुवाकोट पुगेको छ । 
गोरखा दरबारबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च’ ¥याली हिजो बेलुकी  नुवाकोटको दरबार नजिकै शुभघाट पुगेको हो । नेपाल एकीकरणका समयमा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले सुरु गरेको पदयात्राको एकीकरण टर्च ¥याली गत मंगलबार गोरखावाट सुरु भइ धादिङ हुदै नुवाकोट पुगेको थियो । 
सेनाको टोलीलाई विदुर नगरपालिका –१० शुभघटमा जनप्रतिनिधि तथा सेनाको टोलीले स्वागत गरेको छ । यसअघि धादिङको देबीदत्त गणले धादिङ र नुवाकोटको सीमाना  सामरीमा नुवाकोटको जबरजङ्ग गणलाई एकीकरण टर्च हस्तान्तरण गरेको हो । एकीकरण टर्च जवरजंग गणले शुभघाटवाट  साततले दरबार हुदै नुवाकोट र काठमाडौको सीमाना ककनीको ठूलोखोलासम्म लैजाने छ । 
पुस २७ गते सोमवार पृथ्वी जयन्तीको दिन काठमाडौं पुग्नेगरी सेनाले यात्रा सञ्चालन गरेको सेनाको जवरजंग गणका गणपति उदयवहादुर लामिछानेले जानकारी दिनुभयो । एकीकरण टर्च पैदल अभियानमा सेनाको कुल ४५ जना सहभागी रहेका छन् । 

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - ०९:३०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology