Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नेपालबाट कफी निर्यात २० प्रतिशतले घट्यो 

नेपालबाट कफी निर्यात २० प्रतिशतले घट्यो 

images

इच्छाकामना न्युज

१९, पौष २०७९
नेपालबाट कफी निर्यात २० प्रतिशतले घट्यो 
images

काठमाण्डौ । नेपालबाट कफी निर्यात २० प्रतिशतले घटेको छ । पछिल्लो ५ महिनामा कफी निर्यात २० प्रतिशतले घटेको भन्सार विभागले जनाएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सुरुका साढे ५ महिनामा ३ करोड ५८ लाख १५ हजार रूपैयाँको नेपाली कफी निर्यात भएको थियो । तर गत साउन यताका साढे ५ महिनामा २ करोड ८४ लाख २६ हजार रूपैयाँको मात्र कफी निर्यात भएको छ । यो ७३ लाख ८९ हजार रूपैयाँ कम हो ।

यस वर्ष सबैभन्दा धेरै जर्मनीमा १ करोड ९२ हजार रूपैयाँको नेपाली कफी निर्यात भएको छ । गत वर्ष भने नेपालले सबैभन्दा धेरै स्वीट्जरल्यान्डमा कफी निर्यात गरेको थियो । गत वर्ष १ करोड ५२ लाखको कफी किनेको स्वीजरल्याण्डले यस वर्ष भने नेपालबाट जम्मा २ लाख ९० हजारको कफी मात्र किनेको छ ।

संसारमै उत्कृष्टमध्ये एक मानिने नेपालको कफी जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, जर्मनी, बेलायत, क्यानाडालगायत देशमा निर्यात हुने गरेको छ । राष्ट्रिय चिया तथा कफी बोर्डका अनुसार नेपालमा वार्षिक २९ करोड ७५ लाख मूल्यको ४ सय ३४ मेट्रिक टन कफी उत्पादन हुने गरेको छ ।

images
प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - ०९:०६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology