Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भालुको आक्रमणबाट डोटीमा दुई जना घाइते

भालुको आक्रमणबाट डोटीमा दुई जना घाइते

images

इच्छाकामना न्युज

२४, पौष २०७७
भालुको आक्रमणबाट डोटीमा दुई जना घाइते
images

डोटी, २४ पौष । 
भालुको आक्रमणबाट डोटीमा दुई जना गम्भीर घाइते भएका छन्।
आदर्श गाउँपालिका–१ मा जंगली भालुको आक्रमणमा परि दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । 
सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मल्लका अनुसार हिजो बेलुकी खेतबारीको काम सकेर घर फर्किँदै गर्दा ८४ वर्षीय रामबहादुर खड्का र उहाँकी पाँच वर्षीया नातिनी सरस्वती खड्कालाई घर नजिकै भालुले आक्रमण गरेको हो । 

उनीहरुको दिपायलमा रहेको शैलश्वरी अस्पतालमा उपचार भइरहेको छ । 
आक्रमण गर्ने भालु अहिले पनि गाउँमै घुमी रहेका कारण नियन्त्रणमा लिन स्थानीयबासिन्दाले प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - ०९:१७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology