Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तालहरूको सहर पोखरामा २० जना महिला डुङ्गा चालक 

तालहरूको सहर पोखरामा २० जना महिला डुङ्गा चालक 

सिआईएन

१८, पौष २०७९
तालहरूको सहर पोखरामा २० जना महिला डुङ्गा चालक 
images

सुसिला श्रेष्ठ, सीआईएन, पोखरा । तालहरूको सहरका रुपमा परिचित पोखरामा २० जना महिलाले डुङ्गा चलाउँदै जीविकोपार्जन गरिरहेका छन् । डुङ्गा व्यवसायी समितिका अनुसार करिब २०४२ सालबाट तीन जना महिलाले व्यावसायिक रुपमा डुङ्गा चलाउन थालेका थिए । पछि झन्डै ५० जना पुगेको महिला डुङ्गा चालकको सङ्ख्या अहिले २० मा झरेको छ ।

images
images

डुङ्गा चालक लक्ष्मी कार्कीले नियमित आम्दानी नहुनु, महिला र पुरूष डुङ्गा चालकको ज्यालामा विभेद गरिनु र पेशालाई लिएर मानिसहरूले अनेक टिकाटिप्पणी लगायतका कारण महिला डुङ्गा चालक विस्थापित हुँदै गएको जानकारी दिनुभयो ।

बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा अहिले ७ सय ७५ जना डुङ्गा चालक छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये झन्डै ४० प्रतिशत पोखरा पुग्ने गरेका छन् । अधिकांश पर्यटकले पोखरा पुगेपछि डुङ्गा चढ्ने गरेका छन् । यसबाट डुङ्गा चालकको जीविका चलेको छ । 

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - ०८:५७:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology