Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ल्होसारको शुभकामना आदान–प्रदानसँगै मनायो जिटिनले आफ्नो ११औं स्थापना दिवस

ल्होसारको शुभकामना आदान–प्रदानसँगै मनायो जिटिनले आफ्नो ११औं स्थापना दिवस

इच्छाकामना न्युज

१४, पौष २०७९
ल्होसारको शुभकामना आदान–प्रदानसँगै मनायो जिटिनले आफ्नो ११औं स्थापना दिवस
images

काठमाडौं – गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) ले आफ्नो ११औं स्थापना दिवस भव्य मनाएको छ । जिटिनले राजधानीमा आज एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । 

images
images

ठमेलस्थित पलेटी रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमकाविच संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पूर्वअध्यक्ष कमला गुरुङ, संस्थापक महासचिव टिकाराम गुरुङ, वर्तमान अध्यक्ष पिताम्बर गुरुङ र जिटिनका सद्भावना दूत माया गुरुङले संयुक्त रुपमा केट काट्नुभएको थियो । 

गुरुङ कुलमा जन्मिएर पर्यटन व्यवसायमा लाग्नुभएका व्यक्तित्वहरुले ११ वर्षअघि स्थापना गर्नुभएको पर्यटन व्यवसायी तथा आरोहीहरुको साझाँ संस्था जिटिनले नेपाली पर्यटन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । स्थापनाको छोटो समयमा नै जिटिन नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण हिस्सेदार संस्था बनेको छ । 

स्थापना दिवसको अवसरमा पूर्वपदाधिकारीहरुले संस्थालाई अझ सशक्त रुपमा अघि बढाउन आवश्यक रहेको सुझाव दिनुभएको छ । ‘‘वर्तमान कार्यसमितिका साथीहरुले संस्थालाई अघि बढाउन धेरै मेहनत गरिरहनुभएको छ । यद्यपि, यहाँहरुको पहल अझ केही बढाउँन सक्यौं भने नेपाली पर्यटन क्षेत्रमा जिटिनको भूमिका पनि अझ बलियो हुन सक्छ’’, संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले भन्नुभयो, ‘‘आफ्ना सदस्यहरुको बृत्ति विकास, एकता साथै अन्य रचनात्मक काममा पनि जोड दिन आवश्यक छ ।’’

‘‘संस्थाले आफ्ना सदस्यहरुलाई एक बनाउन मेहनत गरिरहेको छ । जिटिन परिवारभित्र कसैलाई दुःख पर्दा सहयोग गर्ने परम्परालाई निरन्तर्ता दिदै आइरहेकोछ’’, पूर्वअध्यक्ष कमला गुरुङले भन्नुभयो, ‘‘यो सद्भाव सधै कायम रहनुपर्छ । संस्थाको प्रगतीको कामना गर्दछु ।’ 

‘‘संस्थागत हिसावमा हाम्रो इतिहास लामो छैन । यद्यपि, छोटै समयमा जिटिन नेपाली पर्यटन क्षेत्रमा सबैले चिन्ने संस्था बनेको छ’’, संस्थापक महासचिव टिकाराम गुरुङले भन्नुभयो, ‘‘हामी यही रफ्तारमा अघि बढ्नुपर्छ । सबैको राम्रो होस् भन्ने उदेश्यले अघि बढ्नुपर्छ । स्थापना दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु ।’’

वर्तमान अध्यक्ष पिताम्बर गुरुङले सबैको सुझावलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘‘सर्वप्रथम हाम्रो निम्तोलाई स्विकार गरी आइदिनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु । यो संस्था यहाँहरुकै पहल र नेतृत्वमा यहाँसम्म आइपुगेको छ।’’, उहाँले भन्नुभयो, ‘‘अव पनि यहाँहरुको साथ र सहयोगको उत्तिकै अपेक्षा गरेको छु । यहाँहरुकै सल्लाह र सुझावलाई आत्मसाथ गरी अघि बढ्ने छु ।’’

जिटिनले आफ्नो स्थापना दिवससँगै तमू ल्होसार २०७९ शुभकामना आदान–प्रदानको कार्यक्रमसमेत मनाएको थियो । सो अवसरमा जिटिन परिवारले संस्थापक अध्यक्ष कुलबहादुर गुरुङको जन्मदिनसमेत मनाएको थियो । 

कार्यक्रममा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु, पत्रकार तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । 

images
प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - २१:१२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology