काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको स्वकीय सचिवमा नवलपुरका प्रकाश सिग्देललाई नियुक्त गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापतिसमेत रहेका उप्रधान एवं गृहमन्त्री लामिछानेले नवलपुरको गैँडाकोटका सिग्देललाई स्वकीय सचिवमा नियुक्त गरेका हुन्।
सिग्देल करिब दुई दशकदेखि चितवनमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका व्यक्ति हुन्। उनले चितवनबाटै रवि लामिछानेको टिममा बसेर पत्रकारितासमेत गरेका थिए। नेता लामिछानेले दल खोलेपछि उनको मुख्य सहयोगी बनेर लागेका सिग्देल पार्टी सभापति लामिछाने निर्वाचित भएदेखि नै स्वकीय सचिव बनेका थिए। रवि लामिछानेले चुनाव लड्दा पनि उनले पत्रकारिता छाडेरै सहयोग गरेका थिए।