Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवन विशेष

विदेशमा रहेकालाई लक्षित गर्दै चितवन २ का सांसद रवि लामिछानेले मागे चितवन कार्यालयको लागि सिईओ

विदेशमा रहेकालाई लक्षित गर्दै चितवन २ का सांसद रवि लामिछानेले मागे चितवन कार्यालयको लागि सिईओ

images
विदेशमा रहेकालाई लक्षित गर्दै चितवन २ का सांसद रवि लामिछानेले मागे चितवन कार्यालयको लागि सिईओ
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले चितवन कार्यालयको लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेका छन् ।

विदेशमा रहेका व्यवस्थापनमा दखल राख्ने नेपालीलाई लक्षित गर्दै लामिछानेले सिईओ माग गरेका हुन् । लामिछानेले आज (शुक्रबार) फेसबुकमा एक स्टाटस राख्दै विकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने इच्छुक नेपालीले आवेदन दिन सक्ने बताए ।

रविको स्टाटसमा यसो भनिएको छ, ‘नो भिसा, फ्रि टिकट । यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, देशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किने ? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त ? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सिभि मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु।

321382727_3296284023969073_183070019996298689_n.webp

images
प्रकाशित मिति :पौष ८, २०७९ शुक्रवार - ०९:००:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology