Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बस्ने तयारी, त्यसअघि शपथ ग्रहण

बागमती प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बस्ने तयारी, त्यसअघि शपथ ग्रहण

बागमती प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बस्ने तयारी, त्यसअघि शपथ ग्रहण
images

काठमाडौँ । बागमती प्रदेशसभाको पहिलो बैठक आह्वान गर्न प्रदेश सरकारले तयारी गरिरहेको छ ।

images
images

सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आगामी पुस १८ मा आह्वान गर्ने गरी तयारी भइरहेको हो ।

पुस २ गते निर्वाचन आयोगले प्रदेशसभा सदस्यको नामावली प्रदेश प्रमुखलाई हस्तान्तरण गरेसँगै प्रदेशसभाको प्रक्रियागत कामको बाटो खुलेको थियो । संवैधानिक व्यवस्था अनुसार नै सबै प्रक्रिया पूरा गरी प्रदेशसभाको पहिलो बैठक आह्वानका लागि सरकारले तयारी गरिरहेको उनले बताए ।

पुस ८ गते हुने सर्वदलीय बैठकमा सरकारको तर्फबाट उक्त विषयलाई प्रस्तावको रुपमा पेस गर्ने र निर्णय गराउने उनको भनाइ छ । प्रदेशसभा बैठक बस्नु अगावै सांसदहरुको शपथ ग्रहणको काम सम्पन्न गर्नुपर्ने भएकाले प्रदेशसभा सचिवालयलाई पनि सोही अनुसार पत्राचार गरिएको उनले जानकारी दिए ।

‘पुस १८ मा प्रदेशसभाको पहिलो बैठक आह्वान गर्ने सरकारको तयारी छ । त्यस विषयलाई सरकारको तर्फबाट सर्वदलीय बैठकमा प्रस्तावको रुपमा पेस गरेर अन्तिम रुप दिइनेछ,’ मन्त्री खनालले भने, ‘सदन बस्नु पूर्व नै सांसदहरुको शपथ ग्रहण भइसक्नुपर्ने भएकाले सोही अनुसार प्रदेशसभा सचिवालयमा पत्राचार भएको छ ।’

पहिलो बैठकका सम्भावित कार्यसूची

सरकारले प्रदेशसभाको पहिलो बैठकका लागि सम्भावित कार्यसूची समेत तय गरेको छ । सरकारको तर्फबाट उक्त कार्यसूची प्रदेशसभा सचिवालयमा पठाएर बैठकमा पेस गरिने मन्त्री खनालले बताए ।

उक्त बैठकमा सदनको नियमित क्रियाकलापपछि सरकारको तर्फबाट पेस भएका कार्यसूचीहरु प्रस्तुत गरिने उनले बताए । संसदको पहिलो बैठकमा सचिवालयको नियमित कार्यक्रम अन्तर्गत सांसदहरुको स्वागत, सम्मान, बधाई ज्ञापनको कार्यसूची रहने उनको भनाइ छ । सचिवालयमा प्राप्त चिठ्ठी पत्र सदनमा पेस भएपछि अन्य विषयहरुमा बैठकमा छलफल हुने उनले बताए ।

बैठकमा सरकारको तर्फबाट केही अध्यादेश प्रस्तुत हुने र सोको प्रक्रिया पूरा गरी कानुन निर्माणमा अघि बढ्ने उनको भनाइ छ ।

प्रदेश सरकारले संसद नचलेको अवस्थामा गत भदौ १ गते स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९, प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गरेको छ । त्यस्तै असोज १२ गते प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश, २०७९, असोज ३० गते प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश, २०७९, प्रदेश कृषि विकास अध्यादेश, २०७९, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको छ ।

images
प्रकाशित मिति :पौष ६, २०७९ बुधवार - १९:२०:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology