इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले निर्माणधिन फिस्लिङ–शक्तिखोर सडकखण्डको अनुगमन गरेको छ । अध्यक्ष गुरुङले आज बिहान उक्त सडक खण्डको अनुगमन गरेको हो ।
एसियाली विकाश बैंकको ऋण सहयोगमा निर्माण भैरहेको उक्त सडकखण्डमा ठेकेदारले गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले अध्याधिक गुनासो गर्न थालेपछि गाउँपालिका अध्यक्ष गुरुङ सहितको टोलीले अनुगमन गरेको थियो । अनुमगनको क्रममा देखिएका त्रुटिहरुका सम्बन्धमा अध्यक्ष गुरुङले ठेकेदार प्रतिनिधि र प्राविधिकहरुसँग कुरा गरेका थिए ।
कुराकानीको क्रममा आफुहरुले मापदण्ड अनुरुपकै कालोपत्रे गरेको दावी गरेका थिए यद्यपी अन्य प्राविधिकले भने चिसो मौसमका कारण तापक्रम नपुग्दा कालोपत्रे छिटो उक्किने समस्या देखिएको जानकारी गराएका थिए ।
यसैबिच अध्यक्ष गुरुङले तत्काल उक्त सडक आयोजनाका प्रमुख माधव भट्टराईसँग पनि कुराकानी गरेको र आज भोली मै प्राविधिक टोली सहित अनुगमन गर्ने करा जानकारी दिएको बताए।
यस्तै उक्त सडकखण्डको फिस्लिङ–तोक्दाङ–सिरानगाउँसम्मको कालोपत्रेको लागि १५ करोड रुपैयाँ बजेट व्यवस्थापनको लागि अर्थमन्त्रालय फाईल अड्किएकोले थप पहलको लागि आजै काठमाण्डौ जाने तयारी भैरहेको पनि अध्यक्ष गुरुङले बताए।