Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नयाँ मन्त्री नआएसम्म उखुको समर्थन मूल्य तोक्न समस्या 

नयाँ मन्त्री नआएसम्म उखुको समर्थन मूल्य तोक्न समस्या 

images

इच्छाकामना न्युज

२८, मंसिर २०७९
नयाँ मन्त्री नआएसम्म उखुको समर्थन मूल्य तोक्न समस्या 
images

काठमाण्डौ । उखुको समर्थन मूल्य तोक्न अझै समय लाग्ने भएको छ । उखु काट्ने बेला भइसक्दा पनि सरकारले समर्थन मूल्य नतोकेको उखु किसानको गुनासो छ । तर, मूल्य तोक्नको लागि विभागीय मन्त्री नहुँदा समस्या भएको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले सरोकारवाला निकायसँग छलफल भइरहेपनि मूल्य निर्धारण गर्न भने अझै केही समय लाग्ने बताउनुभयो ।

समयमा उखुको मूल्य निर्धारण नहुँदा किसानको उखु बिक्री नहुने र उपभोक्ताले महङ्गो मूल्यमा चिनी किन्नु परेको छ । उखुको लागत मूल्य बढेको र खेती गर्ने किसान पलायन भइसकेकाले पनि मूल्य बढाउनुपर्ने किसानहरूको माग छ ।  

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - ०९:५१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology