Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

निर्यात

चालु आर्थिक वर्षमा अदुवा निर्यात साढे ४ गुणाले बढ्यो 

चालु आर्थिक वर्षमा अदुवा निर्यात साढे ४ गुणाले बढ्यो 

images

इच्छाकामना न्युज

२८, मंसिर २०७९
चालु आर्थिक वर्षमा अदुवा निर्यात साढे ४ गुणाले बढ्यो 
images

काठमाण्डौ । चालु आर्थिक वर्षमा अदुवा निर्यात साढे ४ गुणाले बढेको छ भने आयात समेत घटेको छ । आयातमा साढे ३ गुणाले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को ४ महिनामा १५ करोड ४५ लाख ६ हजार रूपैयाँको अदुवा निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको ४ महिनामा ६४ करोड १४ लाख ५६ हजार रूपैयाको अदुवा निर्यात गरेको छ । जसमा नेपालले निर्यातको ९० प्रतिशत भारत तथा कतार र जर्मनीमा निर्यातको १० प्रतिशत अदुवा निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

यस्तै गत आर्थिक वर्षको ४ महिनामा ६ करोड ३१ लाख ५ हजारको अदुवा आयात गरेको नेपालले चालु आर्थिक वर्षको ४ महिनाम जम्मा १ करोड ३ लाख ५८ हजारको अदुवा आयात गरेको छ ।

गत वर्षको तुलनामा ४ करोड ४७ लाख ४७ हजारले कम हो । कृषि तथा पशुपन्छी मन्त्रालयले भने आयात घट्नु र निर्यात बढ्नुले नेपाल अदुवामा आत्मनिर्भर हुँदै गएको सङ्केत गरेको जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा अदुवा लगाइने क्षेत्रफल १८ हजार ९सयय ४१ हेक्टर छ । यो विश्वमा लगाइने कूल क्षेत्रफलको पाँचौँ स्थानमा नेपाल पर्दछ ।

उत्पादनका दृष्टिले नेपाल विश्वभरमा नेपाल तेस्रो स्थानमा छ । तर, सरकारले अदुवाको व्यवसायीकरण, निर्यात, बजारीकरणमाखासै चासो नदेखाएको उत्पादकको गुनासो छ ।

अदुवामा आत्म निर्भर बन्न सरकारले निर्यातलाई बढाबा दिनेगरी काम गरिरहेको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले बताउनुभयो ।

मन्त्रालयका अनुसार नेपालमा करिब तीन लाख मेट्रिक टनसम्म अदुवा उत्पादन हुन्छ । जसको ५० प्रतिशत मात्रै नेपालमा खपत हुन्छ । अदुवाको बजारीकरण गर्न नसक्दा किसानका अदुवा बारीमै कुहिने गरको छ । 

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - ०९:४७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology