Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दलहरू संसदीय दलको नेता चयन गर्न अनौपचारिक छलफलमा 

दलहरू संसदीय दलको नेता चयन गर्न अनौपचारिक छलफलमा 

images

इच्छाकामना न्युज

२६, मंसिर २०७९
दलहरू संसदीय दलको नेता चयन गर्न अनौपचारिक छलफलमा 
images

काठमाण्डौ । राजनीतिक दलहरू संसदीय दलको नेता छान्नका लागि अनौपचारिक छलफलमा जुटेका छन् । यसपटक संसदीय दलको नेता बन्न चाहने आकंक्षीहरू धेरै देखिएपछि नेपाली काँग्रेसमा चुनावै गर्नुपर्ने अवस्था आउने हालसम्म देखिन्छ ।

प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवा फेरि पनि संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने चाहनामा रहनुभएको छ । तर महामन्त्री गगन थापा पनि संसदीय दलको नेता बन्न चाहनुभएको छ, उहाँलाई अर्का महामन्त्री विश्व प्रकाश शर्माले साथ दिने बताइ सक्नुभएको छ ।

नेता चन्द्र भण्डारीले पार्टीमा अनौपचारिक छलफल भएको भए पनि चुनाव हुनेनहुने बारेमा भने कुनै निर्णय भइनसकेको बताउनुभयो ।

अन्य दलमा भने पार्टी अध्यक्षलाई चुनौति दिने नेता देखिएका छैनन् । जसका कारण चुनाव हुने सम्भावना कम छ । एमालेमा अध्यक्ष केपी ओली, माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्ने पक्का भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले निर्वाचन हारेपछि जनता समाजवादी पार्टीमा भने कसलाई संसदीय दलको नेता बनाउने भन्नेमा छलफल सुरु भइनसकेको नेता प्रकाश अधिकारीले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा भने सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्ने लगभग निश्चित छ । लोसपामा पनि महन्थ ठाकुर नै दलको नेता बन्ने अवस्था रहेको छ । संसदीय दलको नेता नै प्रधानमन्त्री बन्न पाउने प्रावधान भएकाले पनि यसमा नेताहरूले बढि रुची देखाउने गरेका छन् । 

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १०:१७:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology