Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आठौं खिचरा महोत्सवः पुस २९ देखि माघ ९ गतेसम्म चितवनको खैरहनीस्थित गौचरनमा हुने

आठौं खिचरा महोत्सवः पुस २९ देखि माघ ९ गतेसम्म चितवनको खैरहनीस्थित गौचरनमा हुने

images

इच्छाकामना न्युज

२५, मंसिर २०७९
आठौं खिचरा महोत्सवः पुस २९ देखि माघ ९ गतेसम्म चितवनको खैरहनीस्थित गौचरनमा हुने
images

चितवन । चितवनमा मात्र नभई देशभर छुट्टै पहिचान भएको खिचरा महोत्सवको तयारी तीव्र पारिएको छ । आउँदो पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने आठौं संस्करणको खिचरा महोत्सवको तयारी तीव्र पारिएको हो । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आज (शनिबार) पत्रकार सम्मेलन गरी महोत्सवलाई भव्य र आकर्षक बनाउन तयारी तीव्र पारिएको जनाएको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको भन्दै यसवर्ष आकर्षणहरु थप गरिएको बताए । उनले सिमान्तकृत जातजातिको मौलिक भेषभुषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए । ‘यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुको साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, सँस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक भेषभुषालाई प्राथमिकता दिएका हौं’–चौधरीले भने ।

महोत्सवमा अन्य आकर्षणको रुपमा हरेक दिन थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषभुषा सहितको साँस्कृतिक प्रस्तुति, थारु विशेष खानाका फुड स्टल, थारु लगायत अन्य जातजातिका मौलिक खानाका परिकारका स्टलहरु, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यवसायिक स्टलहरु, बाल उद्यान, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारु २०२२ का प्रतिस्पर्धीहरुद्वारा नेपालभरिकै थारु पहिरनहरुको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारु विशेष साँस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारु ब्रम्हथान परिसरलगायत रहेका छन् । महोत्सवमा एक जना पत्रकारलाई नगदसहित सम्मान समेत गरिने छ ।

महोत्सवलाई सफल बनाउन १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२ वटा उपसमितिहरु बनाईएको छ । महोत्सवको उद्घाटनको दिन खैरहनी–८, मगनीचोकदेखि महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत भेषभुषा सहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ब्राण्ड बनेको भन्दै यसलाई भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे । उनले थारु समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गरे ।

महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारु समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको बताए । उनले स्थानीय थारु युवाहरु र व्यवसायीहरुको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पु¥याईएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिदैँ आइरहेको बताए । उनले सोही कारण वर्षेनी महोत्सव घाटामा गएपनि थारु समुदायको पहिचानका लागि महोत्सवलाई निरन्तरता दिदैँ आइरहेको बताए ।

महतोको अग्रसरतामा २०७० सालमा दुई दिने खिचरा महोत्सवको सुरुवात भएको थियो । अहिले यो महोत्सवले ठूलो आकार लिँदै छुट्टै ब्राण्ड बनेको छ । थारु समुदायले माघ १ गते भव्य रुपमा खिचरा पर्व मनाउँदै आइरहेका छन् । पत्रकार सम्मेलनमा खैरहनी १० का वडाअध्यक्ष मेनेजर चौधरी, वडा नं.१० का अध्यक्ष चन्द्रविक्रम चौधरी, वडा नं.९ का अध्यक्ष बन्धुराम चौधरी, थारु अगुवालगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा संजय चौधरीले स्वागत मन्तव्य राख्दै महोत्सवको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

images
प्रकाशित मिति :मंसिर २५, २०७९ आइतवार - १०:२४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology