Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
२०८३, कार्तिक १७ गते
images

शिक्षा

आँबुखैरेनीमा रामशाह स्काउट मित्रता आवाशिय क्याम्प आजबाट सुरु

आँबुखैरेनीमा रामशाह स्काउट मित्रता आवाशिय क्याम्प आजबाट सुरु

images

इच्छाकामना न्युज

२३, मंसिर २०७९
आँबुखैरेनीमा रामशाह स्काउट मित्रता आवाशिय क्याम्प आजबाट सुरु
images
आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा रामशाह स्काउट मित्रता आवाशिय क्याम्प आजबाट सुरु भएको छ । आँबुखैरेनी-३, स्थित रामशाह माविको प्राङ्गणमा विद्यार्थीहरुको शारिरिक, मानसिक, सामाजिक तथा चारित्रिक व्यवहारमा सकारात्मक परिवर्तनका निम्ती सो क्याम्प सुरु भएको हो ।
319287434_541778124637640_7327421920187761863_n.jpg
 
क्याम्पको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । १ रात २ दिन सम्म चल्ने क्याम्पमा स्काउट विद्यार्थीहरुका लागि प्राथमिक उपचार प्रशिक्षण, वेच संचालन, योग सम्बन्धि कक्षा, मार्सल आर्ट प्रयोगात्मक अभ्यास, म पनि बोल्छु शिर्षक कार्यक्रम, क्याम्प फायर, शारिरिक व्याम, पिटी, स्काउट धर्म सभा, हाईकिङ्ग, हन्टीङ्ग, ट्राफिक सचेतना लगाएतका कार्यक्रम संचालन गरिने स्काउट शिक्षिका पम्फा श्रेष्ठले बताउनुभयो ।
312659551_541778354637617_536184260166855116_n.jpg
 
रामशाह माध्यमिक विद्यालयका प्रधानाध्यापक एवंम रामशाह स्काउट इकाईका संरक्षक प्रेमराज लामिछानेको सभापत्विमा संचालन भएको क्याम्प उद्घाटन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी प्रमुख गायत्रि राज शर्मा, शिक्षा शाखा प्रमुख निर्मला कुवँर, विकास बोर्डका सदस्य सचिव किशोर सुबेदी, वडा नं. ४ का वडाअध्यक्ष मिलन भूजेल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सन्त बहादुर के.सी, शिक्षक अभिभावक संघका अध्यक्ष दया किशोर मिश्र, सोतो कान कराते प्रशिक्षक जिबी राना लगाएतको सहभागिता रहेको स्काउट शिक्षक पृथ्वी बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
 
318813768_541778107970975_2787122880686594958_n.jpg

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - २१:१०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology