Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

देशभर ४ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि 

देशभर ४ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि 

images

इच्छाकामना न्युज

२२, पौष २०७७
देशभर ४ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि 
images

चितवन, २२ पुस । पछिल्लो २४ घण्टामा देशभर ४ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा १ सय ४४ जना महिला र २६५ जना पुरुष रहेका छन् । 
२४ घण्टामा ६ हजार ७ सय ६ पीसीआर परीक्षण भएको छ भने हाल सम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर सङ्क्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् । 
त्यसैगरी २४ घण्टामा ४९५ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ । 
यस्तै काठमाडौं उपत्यकामा २३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । २४ घण्टामा सङ्क्रमित हुनेमा ७२ महिला र १६१ जना पुरुष रहेका छन्  । काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जना कोरोना सङ्क्रमित देखिएका छन् ।

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - १८:५३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology