Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

समानुपातिक मत: ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए

समानुपातिक मत: ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए

images

इच्छाकामना न्युज

१८, मंसिर २०७९
समानुपातिक मत: ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए
images

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ । समानुपातिकतर्फ भने एमाले पहिलो स्थानमा छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ । अघिल्लो चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ ३३.२४ प्रतिशत समानुपातिक मत पाएको एमालेले यसपटक शनिबार बेलुकीसम्मको मतगणना हेर्दा २६.७५ प्रतिशत मात्रै प्राप्त गरेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक करिब ६.४९ प्रतिशत कम मत उसले पाएको छ ।

त्यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको कांग्रेसले पनि अघिल्लो चुनावको तुलनामा यसपटक प्रतिनिनिधिसभा समानुपातिकतर्फ मत गुमाएको छ । अघिल्लो चुनावमा ३२.७७ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले यसपटक २५.४९ प्रतिशत मत पाएको छ । कांग्रेसले अघिल्लो चुनावको तुलनामा यसपटक समानुपातिकतर्फ ७.२८ प्रतिशत मत गुमाएको हो ।

त्यस्तै माओवादी केन्द्रले पनि अघिल्लो चुनावको तुलनामा यसपटक प्रतिनिधिसभा समानुपातिकतर्फ थोरै मत प्राप्त गरेको छ । माओवादी केन्द्रले यसपटक प्रतिनिधिसभा समानुपातिकतर्फ ११.१७ प्रतिशत मत पाएको छ । उसले २०७४ सालको चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ १३.६५ प्रतिशत मत पाएको थियो । अघिल्लो चुनावको तुलनामा यसपटक उसले प्रतिनिधिसभा समानुपातिकतर्फ २.४८ प्रतिशत कम मत पाएको छ ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - ०९:४२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology