Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिकामा सार्वजनिक बिदा

पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिकामा सार्वजनिक बिदा

images

इच्छाकामना न्युज

२२, पौष २०७७
पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिकामा सार्वजनिक बिदा
images

गोरखा, २२ पौष । 
गोरखा नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।
नेपाल एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा गोरखा नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिइने भएको हो।
नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएर पृथ्वीजयन्तीलाई उत्सवका रूपमा मनाउन लागेको मेयर राजनराज पन्तले जानकारी दिनुभयो।
यस्तै नगरपालिकाले पृथ्वीजयन्ती मनाउन तीन दिने कार्यक्रमसमेत तय गरेको छ।
२६ गते नगर क्षेत्रभित्र सरसफाइ, २७ गते दौड र पृथ्वी जयन्ती विशेष कार्यक्रम तथा २८ गते वतृत्वकलाजस्ता कार्यक्रम सञ्चालन गरिने निर्णय भएको नगरपालिकाले जनाएको छ।
पुस २७ गते गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको पूर्णकदको शालिकअगाडि अन्तर्क्रियालगायत कार्यक्रम गर्ने पनि नगरपालिकाको कार्यक्रम छ। 

 

 

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - ०९:५३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology