Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

हालसम्म ७ राजनीतिक दलले पाए राष्ट्रिय पार्टीको मान्यता, नेकपा एसले  

हालसम्म ७ राजनीतिक दलले पाए राष्ट्रिय पार्टीको मान्यता, नेकपा एसले  

images

इच्छाकामना न्युज

१७, मंसिर २०७९
हालसम्म ७ राजनीतिक दलले पाए राष्ट्रिय पार्टीको मान्यता, नेकपा एसले  
images

काठमाण्डौ । हालसम्म सात वटा राजनीतिक दलहरूले राष्ट्रिय पार्टीको मान्यता पाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज बिहानसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत ‘थ्रेस होल्ड’ कटाएका छन् ।

समानुपातिकतर्फ हालसम्म एमालेले सबैभन्दा बढी २७ लाख ८३ हजार ८५ मत पाएको छ । काँग्रेसले२६ लाख ५२ हजार दुई सय ९३, माओवादी केन्द्रले ११ लाख ६१ हजार ८ सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २२ हजार ९ सय ६६ मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २ सय ५१, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय ४२ र जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ८४ मत पाएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले भने थ्रेस होल्ड कटाउन नसक्ने देखिएको छ ।

प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जा जिल्लामा भने मतगणना चलिरहेकाले त्यसको परिणाम आउन बाँकी रहेको बताउनुभयो । आयोगले ३ दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमानसमेत गरेको छ । 

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:३५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology