Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

फिफा विश्वकप : परिचय फेरिएको जापानी टिम

फिफा विश्वकप : परिचय फेरिएको जापानी टिम

पत्रपत्रिका

१७, मंसिर २०७९
फिफा विश्वकप : परिचय फेरिएको जापानी टिम

चार वर्षअघि रूस विश्वकपमा जापानले अन्तिम १६ मा बेल्जियमलाई नतिजा सुम्पिँदा जापानलाई अनुभवको कमी भएको टोलीका रूपमा चित्रण गरियो। कारण २–० को अग्रता लिएको जापानले अन्ततः बेल्जियमलाई ३–२ को नतिजा सुम्पियो। यससँगै जापानको क्वार्टरफाइनल लक्ष्यले पूर्णता पाएन।

images

तर कतार विश्वकप २०२२ मा जापानको सो परिचय फेरिएको छ। चार वर्षअघि अग्रता जोगाउन नसक्दा निराश बनेको जापानले जारी विश्वकपको दुई खेलमा पुनरामगनपछि समान २–१ को जित निकाल्यो। जुन नतिजा जापानलाई समूह ‘ई’ को विजेताका रूपमा नकआउट चरण प्रवेश गर्न पर्याप्त भयो। समूहचरणको पहिलो खेलमा जर्मनीविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको जापानले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनसहित २–१ को जित निकाल्यो। बिहीबार स्पेनविरुद्धको खेलमा पनि पहिलो हाफमा १–० ले पछि परेको जापानले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनसहित २–१ को जित निकाल्यो।

स्पेनमाथि जापानको जित, उनीहरूका लागि शीर्ष स्थान पक्का गर्न पर्याप्त बन्यो नै, त्यही नतिजा जर्मनीको समूहचरणबाटै बहिर्गमनका लागि पनि निर्णायक बन्यो। जापान तीन खेलमा सात अंकसहित शीर्ष स्थानमा बस्यो। जापानसँगको हारका बावजुद समान चार अंक भए पनि स्पेनले जर्मनीलाई गोलअन्तरमा पछि पार्‍यो। कोस्टारिकामाथि ४–२ को जित पनि जर्मनीको अघिल्लो चरण प्रवेशमा सारथि बनेन। रूस विश्वकपमा पनि जर्मनीको यात्रा समूहचरणमा पूर्णविराम लागेको थियो।

जापानले सोमबार अन्तिम १६ मा समूह ‘एफ’ को उपविजेता क्रोएसियाको सामना गर्नेछ। जर्मनी र स्पेनविरुद्धको खेलमा जापानको पुनरागमनमा प्रशिक्षक हाजिमी मोरियासुको खेलाडी परिवर्तन गर्ने निर्णय निर्णायक बनेको थियो।

‘तपाईंहरूलाई आश्चर्य लाग्दो होला,’ जापानका कप्तान माया यासुदाले भने, ‘तर हामी आश्चर्यमा परेका छैनाैं। जे भइरहेको छ टोलीको रणनीतिअनुसार नै भइरहेको छ।’

त्यसो त दोहासँग जापानी फुटबलको भावनात्मक सम्बन्ध पनि छ। सन् १९९४ मा जापान विश्वकपमा डेब्यु गर्ने संघारमा रहे पनि छनोट चरणको अन्तिम खेलमा इराकलाई नतिजा सुम्पिँदा निराश भएको थियो, जुन खेल दोहामै भएको थियो। त्यसैले कतार विश्वकप जापानका लागि सोही पीडा भुलाउने सबैभन्दा उत्तम अवसर हुनेछ। नागरिक न्युजबाट

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:१३:५६ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology