Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कक्षा १२ को नतिजा माघ पहिलो साता प्रकाशन हुने

कक्षा १२ को नतिजा माघ पहिलो साता प्रकाशन हुने

images

इच्छाकामना न्युज

२२, पौष २०७७
कक्षा १२ को नतिजा माघ पहिलो साता  प्रकाशन  हुने
images

काठमाण्डौं, २२ पौष । 
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन गरिने भएको छ। यसका लागि तयारी भइरहेको  बोर्डले  जनाएको छ।

परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ। अहिले विद्यार्थीको नतिजा ‘इन्ट्री’ भइरहेको बोर्डले जनाएको छ।

धेरै विद्यालयले विद्यार्थीको रोल नम्बर र डाटा भर्दा ध्यान नदिएकाले नतिजा इन्ट्री गर्न कठिनाइ भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए। उनका अनुसार त्यसलाई रुजु गर्न धेरै समय लाग्ने गरेको छ।

काम तिव्र रुपमा भइरहेकाले पुस अन्तिम साता वा माघ पहिलो साता नजिता आउने उनको भनाइ छ। ढिलोमा माघ पहिलो सातासम्म नतिजा आउँछ, सदस्यसचिव अर्यालले भने।

यस वर्षको कक्षा १२ को परीक्षा मंसिर ९ देखि १६ गतेसम्म चलेको थियो। परीक्षामा चार लाख ३३ हजार एक सय ८० विद्यार्थी सहभागी थिए।

कोरोना महामारी कारण लामो समय परीक्षा हुन सकेको थिएन। गत चैतमै हुनुपर्ने परीक्षा यस वर्षको मंसिरमा भएको हो।

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - ०९:३१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology