Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

जो झिनो मतान्तरले पराजित भए

जो झिनो मतान्तरले पराजित भए

images

पत्रपत्रिका

१५, मंसिर २०७९
जो झिनो मतान्तरले पराजित भए
images

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए । यसपटक हारजितमा करिब ५० देखि ३४ हजार बढीसम्मको मतान्तर देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग टक्कर लिन डडेल्धुरा पुगेका सागर ढकालदेखि सञ्चारमाध्यम छाडेर राजनीतिक दल खोलेका रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीको पनि निकै चर्चा चल्यो ।

प्रदेश १ को ताप्लेजुङबाट योगेशकुमार भट्टराईले झिनो मतान्तरले चुनाव जिते । उनले २१ हजार ९४३ मत पाए। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री २१ हजार सात सय ५३ मत पाए । यो हारजितमा एक सय ५३ मतान्तर छ ।

लुम्बिनी प्रदेशको दाङ-२ मा माओवादी केन्द्रकी रेखा शर्मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्न सफल भइन् । रेखा २६ हजार आठ सय ८० मतसहित विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी पोखरेलले २६ हजार ६ सय ८७ मतमा सीमित भए । यो हारजितमा एक सय ९३ मतान्तर छ। पाँचथरबाट एमालेका वसन्तकुमार नेम्वाङ ३२ हजार एक सय १० मत पाएर विजयी भए। उनले ४७ मतान्तरले जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाए ।

काठमाडौं-१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ७ हजार एक सय ४३ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याएर हारे । काठमाडौं १ मा मतगणनाका क्रममा निकै रोचक प्रतिस्पर्धा भएको थियो। अन्तिममा एक सय २५ मतले मिश्रले हारे ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ०८:२०:४१ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology