Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

समानुपातिक मतगणना : प्रतिनिधिसभातर्फ झण्डै एक करोड मत गन्दा कुन दलको अवस्था कस्तो ?

समानुपातिक मतगणना : प्रतिनिधिसभातर्फ झण्डै एक करोड मत गन्दा कुन दलको अवस्था कस्तो ?

images

इच्छाकामना न्युज

१४, मंसिर २०७९
समानुपातिक मतगणना : प्रतिनिधिसभातर्फ झण्डै एक करोड मत गन्दा कुन दलको अवस्था कस्तो ?
images

काठमाण्डौ । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । 

एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)  ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ । 

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र  जनमत पार्टी ३ लाख ४६ हजार ९७० मत ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ८१ हजार ३४८ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१  मत ल्याएका छन् । 

images
प्रकाशित मिति :मंसिर १४, २०७९ बुधवार - ०८:०१:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology