Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

समानुपातिक भोटमा माओवादी केन्द्रलाई फेरि उछिन्दै तेस्रो बन्यो राष्ट्रिय स्वतन्त्र पार्टी

समानुपातिक भोटमा माओवादी केन्द्रलाई फेरि उछिन्दै तेस्रो बन्यो राष्ट्रिय स्वतन्त्र पार्टी

इच्छाकामना न्युज

१२, मंसिर २०७९
समानुपातिक भोटमा माओवादी केन्द्रलाई फेरि उछिन्दै तेस्रो बन्यो राष्ट्रिय स्वतन्त्र पार्टी
images

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ।

images
images

नेकपा एमाले र नेपाली कांग्रेस क्रमशः पहिलो र दोस्रो स्थानमा कायम छन्। अहिलेसम्म नेकपा एमालेले २४ लाख ७८ हजार ५ सय ४४ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ५६ हजार १ सय ९० मत पाएको छ। समानुपातिकमा माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९ सय ३ मत प्राप्त गरेको छ। माओवादी केन्द्रको भागमा १० लाख ३७ हजार २ सय २७ मत परेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८ सय १, जनता समाजवादी पार्टीले ३ लाख ९ हजार ५ सय ८६, जनमत पार्टीले २ लाख ४३ हजार ४ सय ९४ र नेकपा एकीकृत समाजवादीले २ लाख ४१ हजार ८ सय ५७ मत प्राप्त गरेका छन्।

images
प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - ०८:०८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology