Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेकपा (माओवादी केन्द्र)का अधिकांश पदाधिकारीको पराजय

नेकपा (माओवादी केन्द्र)का अधिकांश पदाधिकारीको पराजय

images

इच्छाकामना न्युज

१२, मंसिर २०७९
नेकपा (माओवादी केन्द्र)का अधिकांश पदाधिकारीको पराजय
images

लक्ष्मण दर्नाल, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ पदाधिकारीमध्ये जम्मा चार जनाले मात्रै प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गर्दै हुनुहुन्छ । केही पदाधिकारी उम्मेदवार नै बन्नुभएको थिएन भने उम्मेदवार भएका पनि अधिकांश पराजित हुनुपरेको छ । 

हालसम्म निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत हुनुहुन्छ । सात जना उपमहासचिवमध्ये गिरिराजमणि पोखरेल महोत्तरी–१, मातृका यादव धनुषा–१, पम्फा भुसाल ललितपुर–३ बाट पराजित हुनुभयो । उपमहासचिव हरिबोल गजुरेलको उम्मेदवारी थिएन ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा उम्मेदवार बन्नुभएन । महासचिव देवप्रसाद गुरुङ लमजुङबाट पराजित हुनुभयो । नौ जना सचिवमध्ये देवेन्द्र पौडेल बागलुङ–२ बाट निर्वाचित हुनुभयो । सचिव चक्रपाणि खनाल कपिलवस्तु–१ बाट पराजित हुनुभयो भने अन्य सचिवहरू गणेश साह, दिनानाथ शर्मा, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको उम्मेदवारी थिएन । 

images
प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - ०७:४८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology