Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

चितवनमा समानुपातिकतर्फ पनि घण्टी चिन्ह पहिलो, सुर्य दोस्रो

चितवनमा समानुपातिकतर्फ पनि घण्टी चिन्ह पहिलो, सुर्य दोस्रो

images

इच्छाकामना न्युज

११, मंसिर २०७९
चितवनमा समानुपातिकतर्फ पनि घण्टी चिन्ह पहिलो, सुर्य दोस्रो
images

चितवन । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चितवनका तीन प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय हात पार्‍यो । प्रत्यक्षमा साना दलसँग निरिह देखिएका ठूला दल समानुपातिकतर्फ पनि कमजोर देखिएका छन् । जिल्लामा समानुपातिक मत सबैभन्दा धेरै स्वतन्त्र पार्टीले पाएको छ । एमाले दोस्रो स्थानमा छ भने कांग्रेस तेस्रो स्थानमा रहेको छ ।

जिल्लामा कुल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी पहिलो पार्टी बनेको हो । समानुपातिकमा एमालेले २० प्रतिशत, कांग्रेसले १४ प्रतिशत, माओवादीले केन्द्रले ११ प्रतिशत, राप्रपाले ९ प्रतिशत र एकीकृत समाजवादीले २ प्रतिशत मत पाएका छन्। निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ३७ मत पाउँदा नेकपा एमालेले ५५ हजार ३१२, नेपाली कांग्रेसले ३९ हजार १३०, माओवादी केन्द्रले २९ हजपार ४६१, राप्रपाले २५ हजार ५५ र नेकपा एकीकृत समाजवादीले ४ हजार ९०६ मत प्राप्त गरेका छन् ।

क्षेत्रगत रुपमा हेर्दा चितवन १ मा ९५ हजार ३९९ मत गणना हुँदा स्वतन्त्र पार्टीले ३४ हजार ६९१ मत प्राप्त गरेको छ। नेकपा एमालेले २४ हजार छ, नेपाली कांग्रेसले १६ हजार ६९५, नेकपा माओवादी केन्द्रले ४ हजार ९६५, राप्रपाले ५ हजार ८२ र नेकपा एकीकृत समाजवादीले ३ हजार ५१८ मत प्राप्त गरेका छन्।

चितवन २ मा ८२ हजार ९३४ मत गणना हुँदा स्वतन्त्र पार्टीले ३५ हजार ९४५ मत प्राप्त गरेको छ। नेकपा एमालेले १६ हजार ७८४, नेपाली कांग्रेसले ११ हजार ९१४, नेकपा माओवादी केन्द्रले ८ हजार ४०७, राप्रपाले ३ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत प्राप्त गरेका छन्।

चितवन ३ मा ९४ हजार २८० मत गणना हुँदा स्वतन्त्र पार्टीले २८ हजार ४०१ मत प्राप्त गरेको छ। राप्रपाले १६ हजार ७५५, नेकपा एमालेले १४ हजार ५२२, नेपाली कांग्रेसले १० हजार ५२१, नेकपा माओवादी केन्द्रले १६ हजार ८९ र एकीकृत समाजवादीले १ हजार ८५ मत पाएका छन्।

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०९:०४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology