Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

समानुपातिकको ८३ लाख मतगणना सकियो, एकीकृत समाजवादीले २ लाख १८ हजार मत कटायो

समानुपातिकको ८३ लाख मतगणना सकियो, एकीकृत समाजवादीले २ लाख १८ हजार मत कटायो

images

इच्छाकामना न्युज

११, मंसिर २०७९
समानुपातिकको ८३ लाख मतगणना सकियो, एकीकृत समाजवादीले २ लाख १८ हजार मत कटायो
images

काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ८३ लाख ६ हजार ४४५ मत गणना सकिएको जनाएको छ । आइतबार बिहान पौने ८ को मतगणना तथ्यांकअनुसार नेकपा एमाले २२ लाख ९० हजार मतसहित शीर्ष स्थानमा रहेको छ । 

यस्तै नेपाली कांग्रेसले २१ लाख ९१ हजार, नेकपा माओवादी केन्द्रले ९ लाख ५८ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार, राप्रपाले ४ लाख ८४ हजार मत पाएको आयोगले जनाएको छ । 

यस्तै जसपाले ९ लाख ७९ हजार मत पाएर थ्रेसहोल्डको करिब नजिक पुगेको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख १८ हजार मत पाउँदा यो पार्टीको थ्रेस होल्ड कट्ला कि नकट्ला भन्ने चसाो छ । एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनभित्र मत यताउति गरेर एकीकृत समाजवादीको थ्रेस होल्ड कटाउन चलखेल भएको आरोप लगाएपछि थप चासो बढेको हो । यस्तै जनमत पार्टीले २ लाख १३ हजार मत पाउँदा लोसपाले १ लाख १६ हजार मत पाएको छ । 

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०८:४९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology