Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ समुदाय

यसपटकको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा हालसम्म गुरुङ समुदायबाट संघमा ४ र प्रदेशमा ६ गरि १० जना निर्वाचित

यसपटकको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा हालसम्म गुरुङ समुदायबाट संघमा ४ र प्रदेशमा ६ गरि १० जना निर्वाचित

चित्र बहादुर गुरुङ

१०, मंसिर २०७९
यसपटकको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा हालसम्म गुरुङ समुदायबाट संघमा ४ र प्रदेशमा ६ गरि १० जना निर्वाचित
images

पोखरा । हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा गुरुङ समुदायबाट १० जना निर्वाचित भएको छ । हालसम्म १४५ वटा क्षेत्रको मतगणना सम्पन्न भै आएको निर्वाचनको मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा ४ जना र प्रदेश सभा सदस्यमा ६ जना गरि १० जना निर्वाचित भएको हो।

images
images

जस अनुसार प्रतिनिधि सभा सदस्यमा तेह्रथुममा नेपाली काँग्रेसबाट सिता गुरुङ १९७०२ मतका साथ विजयी भएका छन्। उनले एमालेका विजय सुब्बालाई १०७९ मतले पराजित गरेकी हुन्। एमालेका सुब्बाले १८६२३ मत पाएका थिए। योसँगै नवनिर्वाचित सिता गुरुङ समुदायबाट प्रत्यक्षमा निर्वाचन लडेर निर्वाचित हुने एकमात्र गुरुङ महिला भएकी छिन्।

मनाङमा  नेपाली काँग्रेसबाट टेक बहादुर गुरुङ २५७५ मतका साथ विजयी भएका छन्। उनले एमालेका पोल्देन छोपाङ गुरुङलाई ३२८ ले पराजित गरेका हुन्। एमालेका गुरुङले भने २२४७ मत पाएका थिए।

लमजुङमा नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ ३४९८५ मतका साथ विजयी भएका छन्। उनले गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका देव गुरुङलाई ३१९४ मतले पराजित गरेका हुन्। माओवादी केन्द्रका गुरुङले ३१७९१ मत पाएका थिए।

कास्कीमा नेकपा एमालेबाट मन बहादुर गुरुङ २५७०८ मतका साथ विजयी भएका छन्। उनले नेपाली काँग्रेसका किशोरदत्त बराललाई २५१९ मतले पराजित गरेका हुन्। काँग्रेसका बरालले २३१८९ मत पाएका थिए।

यस्तै प्रदेशसभामा निर्वाचित हुनेहरुमा कास्की क्षेत्र नं. १ को ख प्रदेशमा नेकपा एमालेबाट बेद बहादुर गुरुङ १२६६१ मतका साथ विजयी भएका छन्। उनले गठबन्धनका साझा उम्मेद्वार नेपाली काँग्रसका दिपक गुरुङ लाई ८६७ मतले पराजित गरेका हुन्। काँग्रेसका गुरुङले ११७९४ मत पाएका थिए।

कास्की क्षेत्र नं. ३ को क प्रदेशमा नेकपा एमालेबाट गणेशमान गुरुङ १४४७३ मतका साथ विजयी भएका छन्। उनले गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका दुर्गादत्त भण्डारीलाई ४८११ मतले पराजित गरेका हुन्। माओवादी केन्द्रका भण्डारीले ९६६२ मत पाएका थिए।

मनाङको क प्रदेशमा नेपाली काँग्रेसबाट मुनिन्द्रजंग गुरुङ १२५५ मतका साथ विजयी भएका छन्। उनले नेकपा एमालेका राजन बहादुर गुरुङलाई ३३० मतले पराजित गरेका हुन्। एमालेका गुरुङले ९२५ मत पाएका थिए भने मनाङकै प्रदेश ख मा स्वतन्त्रबाट राजिव गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
लमजुङमा प्रदेश सभा ख मा नेपाली काँग्रेसबाट डा. टकराज गुरुङ १८५१४ मतका साथ विजयी भएका छन्। उनले नेकपा एमालेका जमिन्द्रमान घलेलाई ११६९ मतले पराजित गरेका हुन्। एमालेका उम्मेद्वार घलेले १७३४५ मत पाएका थिए।

मुस्ताङको प्रदेश सभा क मा नेपाली काँग्रेसबाट नुम्डु गुरुङ १०४८ मतका साथ विजयी भएका छन्। उनले नेकपा एमालेका इन्द्र धारा डादु विष्टलाई २५५ मतले पराजित गरेका हुन्। एमालेका विष्टले ७९३ मत पाएका छन्।
यसैगरी नेपाली काँग्रेसबाट प्रतिनिधि सभा उम्मेद्वार रहेका धनराज गुरुङको क्षेत्रमा भने विवादका कारण अझै मतगणना हुन सकेको छैन। 

images
प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - ११:२९:०७ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology