Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गगन थापाले घण्टीसँग मिलेर गठबन्धनका सहयात्री हराउनुभयोः वाइसिएल इन्चार्ज दिपशिखा

गगन थापाले घण्टीसँग मिलेर गठबन्धनका सहयात्री हराउनुभयोः वाइसिएल इन्चार्ज दिपशिखा

images

इच्छाकामना न्युज

७, मंसिर २०७९
गगन थापाले घण्टीसँग मिलेर गठबन्धनका सहयात्री हराउनुभयोः वाइसिएल इन्चार्ज दिपशिखा
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखाले कांग्रेस महामन्त्री गगन थापामाथि घण्टीसँग मिलेर गठबन्धनका उम्मेदवारलाई हराएको आरोप लगाएका छन् । राजधानी काठमाडौं र ललितपुरमा गठबन्धनतर्फ माओवादी केन्द्र र नेकपा एसका सबै उम्मेदवार पराजित भएपछि सापकोटाले गगन थापा र उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा गठबन्धनका सहयात्रीहरुलाई हराएको दावी गरेका हुन् ।

सापकोटाले भनेका छन्–नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ,हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना १ हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्विकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।’

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - १०:०५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology