Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

काठमाडौं २ बाट निर्वाचित स्वतन्त्र पार्टीकी सोविता गौतमले विजय र्‍याली नगर्ने, चौतारीमा बसेर गफ गर्ने

काठमाडौं २ बाट निर्वाचित स्वतन्त्र पार्टीकी सोविता गौतमले विजय र्‍याली नगर्ने, चौतारीमा बसेर गफ गर्ने

images

इच्छाकामना न्युज

७, मंसिर २०७९
काठमाडौं २ बाट निर्वाचित स्वतन्त्र पार्टीकी सोविता गौतमले विजय र्‍याली नगर्ने, चौतारीमा बसेर गफ गर्ने
images

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले विजय र्‍याली नगर्ने बताएकी छन् । विजयी भएसँगै उनले सर्वसाधरणलाई असहज हुनेगरी विजय र्‍याली नगर्ने बताएकी हुन् । उनले बिहान ८ बजे एकैछिनका लागि निर्वाचन कार्यलय, थलीमा जम्मा हुने र चौतारीमा बसेर गफ गर्ने बताइन्।

उनले भनेकी छन्,‘सबैजनालई सादर अनुरोध छ, आम सर्वसाधरणलाई असहज हुनेगरी हामी ठूलो तडकभडक गर्ने छैनौं, मोटोरसाइकल र्‍याली गर्ने, हर्न बजाउने आदि कृत्य गर्नेछैनौं । अधिक संयमका साथ हामी हाम्रो निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुनेछौं र सबैजनालाई धन्यवाद दिनेछौं । प्रतिस्पर्धी साथीहरु तथा फरक मत राख्ने मतदाताको आत्मसम्मानमा ठेस लाग्ने गरी कुनै वक्तव्य दिनेछैनौं । ’

बिहान ११ बजे म्याजेस्टिक ब्याङ्केट जडीबुटीमा छोटो पत्रकार सम्मेलन गरेर अन्य कार्यक्रमको विवरण सार्वजनिक गर्ने बताइन् ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०९:५३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology