Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समानुपातिकमा एमाले पहिलो बन्दै १ लाख मत कटायो

समानुपातिकमा एमाले पहिलो बन्दै १ लाख मत कटायो

इच्छाकामना न्युज

६, मंसिर २०७९
समानुपातिकमा एमाले पहिलो बन्दै १ लाख मत कटायो
images

काठमाण्डौ ।  प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ।

images
images

अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ मत पाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले  ८७२२५ मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३.२२ प्रतिशत मत हो।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ मत पाएको छ।

अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन्। जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन्।

अन्य दलहरूले पाएको मत १९४३० छ।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - १६:२५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology