Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

इच्छाकामनाबाट सोचेभन्दा बढी पायौ, अब कालिकाबाट हामी लिड गर्छौ : रवि लामिछाने

इच्छाकामनाबाट सोचेभन्दा बढी पायौ, अब कालिकाबाट हामी लिड गर्छौ : रवि लामिछाने

इच्छाकामना न्युज

६, मंसिर २०७९
इच्छाकामनाबाट सोचेभन्दा बढी पायौ, अब कालिकाबाट हामी लिड गर्छौ : रवि लामिछाने
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा हालसम्म आइरहेको नतिजाबाट सन्तुष्ट रहेको बताएका छन्। 

images
images

मतगणना स्थल अ‍ौद्योगिक प्रदर्शनी केन्द्रमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले इच्छाकामनामा नेकपा एमालेसँग ठूलो अन्तर हुने अनुमान गरेको दाबी गरे।

'तर भोट हामीले सोचेभन्दा धेरै आयो, अन्तर सोचे भन्दा कम भयो,' चितवन-२ का उम्मेदवार लामिछानेले भने, 'विपक्षी दलका नेताहरूले पनि सोचेभन्दा कम अन्तर आयो भन्नुभएको छ।' 

चितवन-२ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ।

यहाँको १०४०५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेल ३६२३ मतका साथ सबैभन्दा अगाडि छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत प्राप्त गरेका छन्। लामिछानेले २९७८ मत ल्याएका छन्।

लामिछाने र पोखरेलको मतको अन्तर ६४५ छ। एमालेले यो गाउँपालिकाबाट कम्तीमा १ हजार ५ सय मतले लिड गर्ने आशा राखेको थियो। इच्छाकामनामा पहाडी क्षेत्रहरू पर्छन्। 

अहिले कालिका नगरपालिकाको गणना सुरू भएको छ।

लामिछानेले कालिका नगरपालिकाका सबै वडाहरूमा आफूलाई उल्लेख्य मत आउने दाबी गरे।

'इच्छाकामनाबाट सोचेभन्दा बढी भोट आयो, अब लिड गर्ने पालो मेरो हो,' उनले भने।

चितवन-२ मा भरतपुर महानगरपालिकाका १० वटा वडाहरू पनि पर्छन्। 

सभापति लामिछानेले आफ्नो पार्टीले देशभरबाट उल्लेख्य मत पाइरहँदा उत्साहित भएको बताए।

'समानुपातिकतर्फ तेस्रो दल बनिरहेका छौं, दोस्रो वा पहिलो बन्ने सम्भावना पनि देख्छु,' लामिछानेले भने।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - १४:०६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology