नागढुंगा, २० पौष ।
एक करोड ४७ लाखसहित काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
कपिलवस्तुबाट काठमाडौं जादै गरेको निजी सवारी जाँच गर्ने क्रममा स्रोत नखुलेको एक करोड ४७ लाख रकम सहित ३० वर्षीय अमित कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।
सो रकम हुण्डीका लागि प्रयोग गरिन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ । रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।