Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आश्चर्यजनक मतसहित रवि लामिछानेकाे स्वतन्त्र पार्टी उदाउँदै

आश्चर्यजनक मतसहित रवि लामिछानेकाे स्वतन्त्र पार्टी उदाउँदै

इच्छाकामना न्युज

५, मंसिर २०७९
आश्चर्यजनक मतसहित रवि लामिछानेकाे स्वतन्त्र पार्टी उदाउँदै
images

काठमाडौं । मतदानको प्रारम्भिक रुझान हेर्दा यस निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी आश्चर्यजनक नतिजा निकाल्दै उदाउने देखिन्छ । १७ असोजमा मात्रै दर्ता भएको यो दलप्रति खास गरेर युवाहरूको आकर्षण देखिएको छ ।

images
images

पहिलोपटक सहभागिता जनाएको निर्वाचनबाटै राष्ट्रिय दल बन्ने निश्चित छ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट उम्मेदवार छन् । उनीसहित केही सिट प्रत्यक्षतर्फ जित्ने तथा समानुपातिकमा अपेक्षा गरिएभन्दा राम्रो मत ल्याएर संसद्मा बलियो हैसियतसहित पुग्ने यो दलको दाबी छ ।

मतदान सम्पन्न भएपछि आइतबार चितवनमा सभापति लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताए । ‘देशभरको रिपोर्टिङले उत्साहित छु,’ उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ । हामी देशभर अपेक्षा गरेभन्दा धेरै मत पाउँदै छौँ । समानुपातिकतर्फ राम्रो परिणाम आउँदै छ ।’ पार्टी प्रवक्ता डा. मुकुल ढकालले समानुपातिकतर्फ करिब ३० सिट ल्याएर आफ्नो दल पहिलो हुने दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय ३१ स्थानमा उम्मेदवारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भने यसपटकको निर्वाचनमा पनि राष्ट्रिय दल बन्ने–नबन्ने अनिश्चित छ । यद्यपि, प्रत्यक्षमा कम्तीमा आधा दर्जन सिटसहित राष्ट्रिय पार्टी बन्ने राप्रपाको दाबी छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - ०८:४५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology