Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मौसम परिवर्तनसँगै हिमाली भू–भागमा हिमपात  

मौसम परिवर्तनसँगै हिमाली भू–भागमा हिमपात  

images

इच्छाकामना न्युज

२०, पौष २०७७
मौसम परिवर्तनसँगै हिमाली भू–भागमा हिमपात  
images

काठमाण्डौं, २० पौष ।  
उच्च पहाडी क्षेत्रमा पानी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात सुरु भएको छ । 
आजदेखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै भू–भागहरूमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । 
हाल पश्चिमी वायुमा बिकसित भएको न्युनचापिय प्रणालीको प्रभावका कारण आजदेखि केहि दिनसम्म देशका धेरैजसो भू भागहरुमा बदली, बर्षा र हिमपात हुने सम्भावना रहेको छ । 
आज रातीदेखि बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का धरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई उच्च पहाडी र हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भू–भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेको छ । पुस २२ गते पर्सीदेखि मौसम सफा हुँदै जानेछ । वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न र सजग रहन चिकित्सकको अनुरोध छ ।  

images
प्रकाशित मिति :पौष २०, २०७७ सोमवार - ०९:४३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology