Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पानीघट्ट जाने क्रममा पुलबाट बूढीगण्डकीमा खसेर एक बालक बेपत्ता

पानीघट्ट जाने क्रममा पुलबाट बूढीगण्डकीमा खसेर एक बालक बेपत्ता

images

इच्छाकामना न्युज

२०, पौष २०७७
पानीघट्ट जाने क्रममा पुलबाट बूढीगण्डकीमा खसेर एक बालक बेपत्ता
images

गोरखा, २० पौष । 
गोरखाको चुमनुब्री गाउँपालिका वडा नं.५ बुरबाट वडा नं. ४ प्रोकको पानीघट्ट जाने क्रममा काठेपुलबाट बूढीगण्डकीमा खसेर एक बालक बेपत्ता भएका छन्।

पलबाट खसेर बुरका १२ बर्षका पेमा घ्याल्बो लामाको बेपत्ता भएको बालकका बुबा मिङ्ग्युर दोर्जे लामा (जीवन) ले जानकारी दिनुभयो।

‘गण्डकीमाथि दुईवटा मुढा तेस्र्याएर पुल बनाएको छ । शुक्रबार बिहान साँढे दसबेजतिर त्यही काठेपुल तरेर म र मेरो छोरो प्रोकको पानीघट्टातर्फ जाँदै थियौँ’, उहाँले भन्नुभयो, ‘पुलमा दुईजना एकैचोटी तर्न मिल्दैनथ्यो । त्यसैले म पहिले पुल तरेर पारि गएँ । बाबु पछिपछि आउदैथियो तर एक्कासी उ गण्डकीमाथि खस्यो । उ खसेपछि बचाउन सक्छु कि भनेर पनि गण्डकीमा हेलिएँ । तर उसलाई भेट्टाउन सकिन । मलाई गण्डकीले बगाएर धेरै तल पु¥याएर पाखामा फाल्दियो र म बाँचे तर छोरालाई बचाउन सकिन ।’ प्रहरी र स्थानीयबासीले तीनदिनसम्म खोजी गर्दा पनि छोरालाई फेला पार्न नसकेको उहाँले बताउनुभयो ।
उनी ङाक्यूर मेमोरियल स्कूल थानकोटमा कक्षा एकमा पढ्थे ।

पुल नहुँदा छोराले अकालमा जीवन गुमाउनु परेकोमा उनले दुख ब्यक्त गरे । ‘पुल नहुँदा मेरो जीवन त अन्धकार भयो, भावी दिनमा अरुले पनि यस्तो घटना बेहोर्नु नपरोस् भन्ने मेरो चाहना हो’, मिङ्ग्युर घ्याल्बोले भन्नुभयो, ‘पक्की पुलको अभावमा बुर गाउँका १० घरधुरीका बासिन्दा समस्यामा छन् ।।

 

images
प्रकाशित मिति :पौष २०, २०७७ सोमवार - ०९:३८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology