तनहूँ । ‘जनप्रतिनिधि कस्तो हुनुपर्छ, जनताको सेवक कस्तो हुनुपर्छ भनेर आफुले जनताबिच काम गरेर देखाएको’ तनहूँ क्षेत्र नंं १ प्रदेश नं. १ ‘क’ का नेकपा एमालेका उमेदवार रामबहादुर गुरुङले बताएका छन् ।
चुनाव प्रचार प्रसारका व्यास नगरपालिकाका विभिन्न वडाहरुमा घरदैला गरिरहनुभएका गुरुङले ‘आफु गण्डकी प्रदेशको सांसद भएपछि हप्ता हप्तामा विभिन्न गाउँहरु जाने मतदाताहरुसँग सात्क्षात्कार गर्ने गरेको, विकास निर्माणका कामहरुमा पनि निकै पहल गरेको, जनताको सुख दुःख को साथी हुने गरेको’ बताए।
‘लामो समयसम्म नेपाली कांग्रेसका प्रतिनिधिहरुले केन्द्रमा प्रतिनिधित्व गर्दा पनि विकास नगरेकोमा आफुले पाँच बर्षे कार्यकालमा बिकास निर्माण गरेको पहल नै आफुलाई जनताले पुनस् मत दिने आधार भएको’ गुरुङको भनाई छ ।
गण्डकी प्रदेश सभा सदस्य भएपनि आफुले रामचन्द्र पौडेलले २५, २६ बर्षको कार्यकालमा गर्न नसकेको कामहरु गरेकोले पनि रामबहादुर गुरुगंलाई मत दिनुपर्छ भन्ने थुप्रै मतदाताहरु बढेको बताए।
‘म रामबहादुर गुरुगंले प्रदेश सभा सदस्य के गर्यो भनेर प्रश्न गर्नेहरुलाई व्यास ८ रामचन्द्र पौडेलको गाउँजाने बाटोमा हालेका पक्कि पुलहरु हेर्न जान आग्रह गर्दछु’ उनले भने।
‘२५–२६ बर्षसम्म जनप्रतिनिधि हुदाँ पनि पुल बनाउन उहाँले बनाउन सक्नुभएन मैले पहल गरे र बनाईदिए ” गुरुङको भनाई छ ।