Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी गाउँपालिकाले १५ बेडको आँबुखैरेनी अस्पताल संचालनमा ल्यायो, आजदेखि अस्पतालको सेवा सुरु 

आँबुखैरेनी गाउँपालिकाले १५ बेडको आँबुखैरेनी अस्पताल संचालनमा ल्यायो, आजदेखि अस्पतालको सेवा सुरु 

जनता सामु गरेको चुनावी वाचा पूरा गर्दै अस्पताल सञ्चालनमा ल्याएको हु : अध्यक्ष शुक्र चुमान

इच्छाकामना न्युज

१, मंसिर २०७९
आँबुखैरेनी गाउँपालिकाले १५ बेडको आँबुखैरेनी अस्पताल संचालनमा ल्यायो, आजदेखि अस्पतालको सेवा सुरु 

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी अस्पताल संचालनमा ल्याएको छ । गाउँपालिकाले १५ बेडको आँबुखैरेनी अस्पतालको सेवा आजदेखि सुरु गरेको हो। 

images

गाउँपालिकाको नवनिर्मित भवन अगाडी पहिले वडा २ र ३ को कार्यालय रहेको सामुदायिक भवनलाई अस्पतालमा परिणत गर्दै गाउँपालिकाले अस्पतालको सेवा सुरु गरेको छ। गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि अस्पतालको सेवा सुरु गरेको हो। 

314950861_2432166253589590_9052534303762865821_n.jpg

सेवा शुभारम्भको अवसरमा बोल्दै जनता माझ आफुले चुनावको बेला गरेको वाचा पूरा गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। उनले भने ‘सरकारी स्तरबाटै स्थानीय रुपमा अस्पताल संचालनमा ल्याएसँगै स्थानीय नागरिकले उपचारको लागि महंगा निजि अस्पताल जानुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त हुनेछ’ । अब सामान्य नागरिकले पनि सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन वातावरण बनेको उनले बताए।

316102322_2432165910256291_2440586739206639009_n.jpg

अस्पतालमा अहिले एक जना डाक्टरको मेडिकल टिमले सेवा दिनेछ भने आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी र डाक्टर व्यवस्था गर्नेछ। यस्तै गाउँपालिकाले डाक्टर सहितको मोबाइल टिम टोल टोलमा पुगि जनताको स्वास्थ परिक्षण गर्नका निम्ति समेत योजना बनाइएको अध्यक्ष चुमानले बताए।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १२:४९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology