Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नाइजेरियाको एक गाउँमा अज्ञात समूहले आक्रमण गर्दा ५६ जनाको मृत्यु 

नाइजेरियाको एक गाउँमा अज्ञात समूहले आक्रमण गर्दा ५६ जनाको मृत्यु 

एजेन्सी

१९, पौष २०७७
नाइजेरियाको एक गाउँमा अज्ञात समूहले आक्रमण गर्दा ५६ जनाको मृत्यु 
images

काठमाण्डौं, १९ पौष । 
दक्षिण अफ्रिकी मुलुक नाइजेरियाकोमाली सीमानजिक एक गाउँमा अज्ञात समूहले आक्रमण गर्दा कम्तिमा ७९ जनाको मृत्यु भएको छ । आक्रमणमा परि अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । 
स्थानीय अधिकारिहरुका अनुसार टिल्लाबेरी क्षेत्रमा रहेको चोमोबान्गोऊ र जारोउम्दारेयगाउँमा आक्रमण भएको हो । चोमोबान्गोऊ गाउँमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । 
यस्तै जारोउम्दारेयगाउँमा ३० जनाको मृत्यु भएको बताइएको छ । बीबीसीले लेखे अनुसार यस क्षेत्रमा सन् २०१७ देखि नै आपतकाल लागू गरिएको छ । आक्रमण पश्चात हालसम्म नाइजेरिया सरकारले कुनैपनि प्रतिक्रिया जनाएको छैन । 
पश्चिमी अफिकी मुलुक नाइजेरियामा अल कायदार इस्लामिक स्टेटसँग सम्बन्धीत चरमपन्थीहरुले यसअघि पनि आक्रमण गरिसकेका छन् । गत वर्ष भएको विभिन्न आक्रमणमा परी एक सयभन्दा बढीको मृत्यु भएको थियो । 

images
images

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - ०८:५२:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology