Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल पत्रकार महासंघ झापाले पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने

नेपाल पत्रकार महासंघ झापाले पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने

रासस

३०, कार्तिक २०७९
नेपाल पत्रकार महासंघ झापाले पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने
images

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज गिरीले बताए ।

images
images

उनका अनुसार महिला पत्रकार सुत्केरी हुँदा शल्यक्रिया गर्नुपरेमा रु २५ हजार दिने निर्णय गरेको छ भने महासङ्घका सदस्य बिरामी तथा घाइते हुँदा रु ३० हजार उपचार सहयोग दिइने भएको छ । पत्रकारको मृत्यु हुँदा आश्रित परिवारलाई रु ५० हजार उपलब्ध गराइनेसमेत उनले जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घ झापाले पत्रकारको सामाजिक सुरक्षाका लागि रु एक करोडको पत्रकार उपचार कोष स्थापना गरेको छ । सो कोषमा दाताबाट सहयोग उठाएर हाल रु ६४ लाख जम्मा भइसकेको छ । कोषको ब्याजबाट पत्रकार बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च यस अघिदेखि नै उपलब्ध गराउन थालिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - ०९:१२:०९ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology