Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

चितवन–३ मा दिनेश कोइरालालाई जिताउन एमाले अध्यक्ष केपी ओलीको आग्रह

चितवन–३ मा दिनेश कोइरालालाई जिताउन एमाले अध्यक्ष केपी ओलीको आग्रह

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
चितवन–३ मा दिनेश कोइरालालाई जिताउन एमाले अध्यक्ष केपी ओलीको आग्रह
images

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताउनु भएको छ ।

भरतपुरमा आयोजित एमालेको चुनावी सभामा ओलीले कोइरालाको प्रशंसा गर्दै उहाँ राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको भन्दै जिताउन आग्रह गर्नुभएको हो ।

ओलीले भन्नुभयो, ‘कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो। राजनीति बुझेको मान्छे हो । नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको छ ।’

कोइराला कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँले बागी उम्मेदवारी दिएपछि कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निकालेको छ । चितवन–३ मा एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाउँदै कोइरालालाई सहयोग गर्ने यसअघि बताएको थियो। साथै एमालेलाई सुदृढ लोकतान्त्रिक शक्ति बनाउनका निम्ति उहाँले आग्रह गर्नुभएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १९:३३:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology