Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राम–लक्ष्मणसँग दुस्मनी गर्नेहरु सकिए, चितवन छाडेर हिँडे भन्दै ओलीले गरे प्रचण्डप्रति कटाक्ष

राम–लक्ष्मणसँग दुस्मनी गर्नेहरु सकिए, चितवन छाडेर हिँडे भन्दै ओलीले गरे प्रचण्डप्रति कटाक्ष

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
राम–लक्ष्मणसँग दुस्मनी गर्नेहरु सकिए, चितवन छाडेर हिँडे भन्दै ओलीले गरे प्रचण्डप्रति कटाक्ष
images

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्नेहरू सकिएको बताएका छन्। चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ओली प्रधानमन्त्री हुँदा चितवनको ठोरीमा राम–लक्ष्मण जन्मेको स्थान भन्दै मुर्ती बनाएर पठाएका थिए।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले उक्त अभिव्यक्ति दिएका हुन्। ‘मैले राम–लक्ष्मण जन्मिएको, बसेको, खेलेको र राज गरेको ठाउँमा राम जन्मभूमि ल्याउँदा एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए, लखेट्ने भयो भने’, उनले भने, ‘मलाई थाहा थियो, एमालेसँग दुष्मनी गर्ने पनि सकिन्छन्, राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्ने पनि सिद्धिन्छन्।’

माओवादी अध्यक्ष प्रचण्डले योपटकको चुनावमा गृहजिल्ला चितवन छोडेर गोरखा– २ बाट उम्मेदवारी दिएका छन्। यसलाई ओलीले भागेको संज्ञा दिने गरेका छन्।

 
 

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १९:१८:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology